भक्तपुरमा छतबाट खसेर एक महिलाको मृत्यु

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–८ स्थित लिवालीमा छतबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । सोमबार साँझ छतबाट खसेर गम्भीर घाइते भएकी कुसाथाको मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको थियो । ४४ वर्षीया लक्ष्मी सुन्दर कुसाथाको आफ्नै घरको ५ तलामाथिबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार