बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ । तर, यसबारे नेपालकाे परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन ।

नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानकाे तयारी गरेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी माेदीबीच लुम्बिनीमा भेट हुने ठानिएकाे छ ।

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतकाे भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार