नेपाल-भारत सीमा तीन दिन बन्द गर्ने तयारी

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि बर्दियासँग जोडिएको नेपाल–भारत सीमा बन्द गरिने भएको छ । निर्वाचनको समयमा खुला सिमानाका कारण सुरक्षा चुनौती हुने भन्दै वैशाख २८ देखि ३० गते निर्वाचन नसकिँदासम्म सीमा बन्द हुने भएको छ ।

भारतीय समकक्षीसँग भएको सहमति अनुसार नेपाल भारत सीमा बन्द गरिने भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

बैठकमा भारत उत्तर प्रदेश राज्यको बहराइच र श्रावास्तिक जिल्लाका सुरक्षा अधिकारी सहभागी थिए । सहमति अनुसार निर्वाचनका बेला नेपाल र भारतका सुरक्षाकर्मीले निर्वाचनका समय संयुक्त गस्ती पनि गर्ने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार