विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले चलायो गोली

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुर नजिक एसएसबीका जवानले हवाई फायर गरेको स्थानीयले बताए ।

सोमबार दिउँसो सीमा क्षेत्रमा सुरक्षा बलका जवानले गोली चलाएका हुन् । प्रहरी स्रोतका अनुसार अनुसार तीन राउण्ड फायर भएको थियो ।दसगजा नजिक होहल्ला गरिरहेका बेला स्थानीयले घेरेपछि उनले तीन राउन्ड हवाई फायर गरेको स्थानीयको दाबी छ । गोली पड्काएपछि स्थानीयबीच भागदौड मच्चिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले भारतीय भूमीमा भएको घटनाका बारेमा जानकारी नभएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार