केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदबार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ। आयोगले निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको र सार्वजनिक स्थलमा महिलाप्रति अभद्र टिप्पणी गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

आयोगले वैशाख १५ गते काठमाडौंको नेशनल कलेजमा भएको एक कार्यक्रममा आफूमाथि लागेको मिटुको प्रश्न सोधेकोमा निर्वाचन आचारसंहिता उल्लंन हुने जवाफ दिएको उनलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको हो।

आयोग स्रोतका अनुसार आयोगले उक्त कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई युआर नाइस लेडी तर थुतुनो भएन भनी गरेको टिप्पणी गलत र निर्वाचन भावना विपरित भएको आयोगको ठहर छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार