कैलालीको वनमा एक दम्पती मृत फेला

कैलालीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । घोडाघोडी नगरपालिका – १० पहलमानपुरस्थित तुल्सिपुर सामुदायिक वनमा दुईजना मृत अवस्थामा फेला परेका हुन् । मृत फेला पर्नेमा बझाङका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह छन् ।उनीहरु झुण्डिएको अवस्थामा फेला परेकाले आत्महत्या गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

प्रहरीका अनुसार अमर दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली पुगेका थिए । केहिदिन आफन्तको घरमा बसेका उनीहरु उनीहरु चैत २६ गते घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कमा नआएका उनीहरु मृत अवस्थामा फेला परेका हुन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार