बलर फ्लप हुँदा नेपाल जिम्बावे ‘ए’सँग पराजित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे‘ ‘ए’ सँग ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावे‘ए’ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १८५ रन बनायो ।

जिम्बावे‘ए’को जितमा टाडिवान्से र टोनी मुन्योङगाले अर्धशतकीय परी खेले । ४१ बल खेलेका टाडिवान्सेले ३ चौका र ३ छक्का प्रहार गरेर ५६ रन बनाए । त्यस्तै २३ बल खेलेका मुन्योङगा ७ छक्का सहित ५० रन बनाए । जिम्बावे‘ए’ का लागि इनोसेन्ट कियाले ४७ नरको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि बाशीर अहमदले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र करण केसीले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । नेपालका लागि आदिल अन्सारीले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ४६ रन बनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार