काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजीपी नियुक्त गरेको भन्दै विरोध जनाएका छन् ।
आइतबार सामाजिक सञ्जाल मार्फत कोइरालाले सरकारको यस्तो निर्णयले विधिको शासनको खिल्ली उडाएको बताएका छन् । उनले भनेका छन्, ञसरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ ।
आज मन्त्रिपरषद्ले नेपाल प्रहरीको नयाँ आइजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो । प्रहरी महानिरिक्षकका लागि सिफारिस भएका तीन एआइजीमध्ये सिंह जुनियर हुन् ।