संविधानको रक्षार्थ गठबन्ध अपरिहार्य छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनको विरोध नगर्न निर्देशन दिएका छन् ।आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तराष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे ।

‘कांग्रेसले गरेको गठबन्धनलाई अन्यथा नलिनु होला । कांग्रेसले बहुमत ल्याउनलाई गठबन्ध गरेको हो । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुन्छ,’ उनले भने ।

गठबन्धन विरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्ध अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ । उनले गठबन्धनलाई बलियो बनाउनेतर्फ लाग्न जिल्लाका नेता कार्यकर्तालाई सुझाव पनि दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार