रुपन्देहीमा पुनः मनोनयनको प्रक्रिया अघि बढाइने

आसन्न स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा पुनः मनोनयन प्रक्रिया अघि बढाइएको छ ।उम्मेदवारी दिएका एक जनाको निधन भएपछि पुनः मनोनयनको प्रक्रिया अघि बढाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए । उनले निर्वाचनलाई असर नपर्ने गरी सो स्थानमा पुनः मनोनयनको प्रक्रिया अघि बढाउने जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार