जिम्बाबे ‘ए’लाई नेपालको बलियो लक्ष्य

फिनिसर आदिल अन्सारीको आक्रामक ब्याटिङ

नेपालले पहिलो टि२० अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ८२ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनायो ।

नेपालका आदिल अन्सारी २७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रनमा आउट भए । दोस्रो विकेटका लागि कुशल र रोहितले ५७ रनको साझेदारी गरेका थिए ।

कुशल ब्रेन्डन मभुताको ११ औं ओभरको दोस्रो बलमा दीलस्कुप सट खेल्ने धुनमा फाइन लेगमा जोंगवेबाट क्याच भएपछि अर्धशतक बनाउन चार रनले चुकेका थिए ।

रोहित स्पिनर जोन मसाराको १४ औं ओभरको पाँचौं बलमा लङअनमा ३६ रनमा मभुताबाट सहज क्याच भए । रोहितले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।दीपेन्द्र १३ बलमा १ चौका र २ छक्कासहित २८ रनमा रन आउट भए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार