केपी ओली पराजित भइसके : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले एमाले अध्यक्ष केपी ओलीले बाहिर जतिसुकै हुँङ्कार गरेपनि भित्री रुपमा पुरै गलिसकेको बताएका छन्। मजदुर दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै पुनले स्थानीय चुनावमा ओली पराजित भइसकेको बताएका हुन् ।

पुनले भने ‘केपी ओली बाहिर जतिसुकै हुँङकार देखाएपनि भित्री रुपमा गल्नुभएको छ । उहाँ भित्री रुपमा पराजित भइसक्नु भएको छ, त्यो व्यवहारबाट पुष्टि हुन्छ ।’

स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको पुनले बताए । रोल्पा लगायत अधिकांश क्षेत्रमा ओलीले विप्लव लगायत राप्रपा, सिके राउतजस्ता शक्तिसँग तालमेल गरेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार