काठमाडौं । जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै सिनियर एआईजीहरू अदालत जाने भएका छन् । सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेका हुन् ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि सिनियर एआईजीहरु अदालत जाने भएका हुन् ।
सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापालाई पछिपारी सरकारले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।