सशस्त्रको नयाँ आईजीपीमा राजु अर्याल

सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक -आईजीपी_ राजु अर्याललाई बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

हालका महानिरीक्षक पुष्पराम केसीले आजबाट अनिवार्य अवकाश पाएका छन् । अर्यालले भोलीदेखिदेखि अर्यालले सशस्त्रको नेतृत्व लिनेछन् ।

२३ मंसिर २०३१ मा बाबु दामोदरप्रसाद अर्याल र आमा शारदा अर्यालको कोखबाट जन्मेका अर्याल १८ चैत २०५४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए । उनी २०५८ सालमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)का रूपमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।

काठमाडौंको तारकेश्वर नगरपालिका–५ का स्थायी बासिन्दा उनले चारवटा विषयमा स्नातकोत्तर गरेका छन् । ग्रामीण विकास, राजनीतिक शास्त्र, समाजशास्त्र र अन्तर्राष्ट्रिय मानवीय कानुनमा उनले स्नातकोत्तर गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार