असन्तुष्ट १० खेलाडीलाई कुनैपनि हालतमा टोलीमा राख्दिनँ : प्रशिक्षक अल्मुताइरी

'खेलको नतिजाको जिम्मेवारी लिन तयार छु'

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले असन्तुष्ट १० खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने स्पष्ट पारेका छन् । उनले एसियन कप छनोटमा जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवार रहने बताएका छन्।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई एक पत्र लेख्दै उनले असन्तुष्ट १० खेलाडीलाई राष्ट्रिय टोलीमा नराख्ने बताएका हुन्।असन्तुष्ट १० खेलाडीले आफूहरुलाई प्रशिक्षक अल्मुताइरीले पटक पटक क्याम्प छोड्न निर्देशन दिएको भन्दै बिहीबार पत्रकार सम्मेलन गरेका थिए। तर, अल्मुताइरीले पत्रमा खेलाडीहरूलाई कारबाही नगर्न पनि एन्फालाई आग्रह गरेका छन्।

‘म खेलाडीहरूले मेरो विरुद्ध गरेको कार्यलाई लागि माफी दिन्छु। यी खेलाडीहरूलाई सजाय नदिनुहुन म तपाईं तपाईहरुलाई विनम्र आग्रह गर्दछु,’ उनले भनेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार