महिलाहरूलाई महिनावारीमा बिदा दिलाउँछौं, कार्यस्थलमा सुरक्षित बनाउँछौ : सुनिता डंगोल

काठमाडौं महानगरपालिकामा नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलले आफूले जितेको खण्डमा श्रमिक महिलाहरूलाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने बताएकी छिन् ।

श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डंगोलले महिनावारी भएका बेला महिलाहरूलाई कार्यालयमा बिदा दिलाउनका लागि पहल गर्ने पनि वाचा गरिन् ।उनले महिला र पुरुषबीच ज्यालामा हुने विभेद हटाउने समेत बताइन् ।

उनले भनिन्, ‘महिनावारीको पीडा महिलाले बाहेक पुरुषले राम्रोसँग बुझ्दैनन् । महिनावारीमा बिदा दिनका लागि हामी नीति–कार्यक्रम अघि सार्नेछौं । साथै कार्यस्थलमा महिलाहरु सुरक्षित महसुस गर्नुपर्छ । त्यसका लागि वातावरण बनाउने छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार