अवैध हातहतियारसहित ४ जना पक्राउ

रुपन्देहीको देवदहबाट प्रहरीले अवैध हातहतियारसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–६ सटाकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामी, ३६ वर्षीय चेतबहादुर दर्लामी र ५० वर्षीय सुनबहादुर आले रहेका छन् ।

उनीहरुको साथबाट ७ नाल भरुवा बन्दुक, बारुद ३२७ ग्राम, सिसाको छर्रा १२९ थान, केप ७५ थान र पेचकस २ थान पक्राउ गरिएको छ । साथै फलामको २ थान चक्कु पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार