जिम्बावे ‘ए’ विरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

नेपालले जिम्बावे ‘ए’ सँगको पहिलो टि२० अभ्यास खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा जिम्बावे ए का कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । घरेलु टोली नेपाल टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा हुनेछ ।

नेपालले वर्षाको कारणनै एकदिवसियलाई पछि सारेर टि२० अघि गर्न लागेको हो । नेपाल घरेलु मैदान, समर्थक र पछिल्लो लयलाई निरन्तरता दिँदै टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा छ । तर सिनियर टोलीबाट खेलि सकेका ८ खेलाडी सम्मिलित जिम्बावेको ए टोलीलाई हराउन सहज भने हुने छैन । जिम्बावे पनि नेपाललाई घरेलु समर्थक सामू स्तब्ध पार्न चाहन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार