आफ्नो उम्मेदवार नभएको ठाउँमा सूर्यमा मतदान गर्नु : राप्रपा नेपाल

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आफ्ना उम्मेदवार नभएको ठाउँमा नेकपा (एमाले) को चुनाव चिह्न ‘सुर्य’मा मतदान गर्न आह्वान गरेको छ।राप्रपा नेपालका सचिवालयको आइतबार बसेको बैठकले ‘तीर’ चिह्नका उम्मेदवार नभएको ठाउँमा सूर्यमा मतदान गर्न आह्वान गरेको हो।

पार्टी अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकको निर्णयमा भनिएको छ, “२०७८ चैत्र ३० गते एमालेसँग स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवार नभएका ठाउँमा एमालेका उम्मेदवारहरूलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमति बमोजिम राप्रपा नेपालका सदस्यहरू, शुभचिन्तक तथा मतदाताहरूलाई राप्रपा नेपालका आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरूमा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्नुहुन र एमालेसँग चुनावी सहमति भएका ठाउँहरूमा  ‘सूर्य’ चिह्नमा मतदान गर्नुहुन राप्रपा नेपाल आह्वान गर्दछ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार