चुनाव प्रचारमा खटिएका माओवादीका कार्यकर्तामाथि खुकुरी प्रहार

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा माओवादी केन्द्रका तीन जना कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट चुनाव प्रचारमा खटिएका जिवन पुरी, बिनोद गिरी र रोहित गिरी घाइते भएका छन् । घाइतेहरुको न्यूरो अस्पतालमा उपचार भईरहेको छ । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ राप्रपाबाट वडासदस्यका उम्मेदवार देवराज गुरुङको समूहले खुकुरी प्रहार माओवादीले आरोप लगाएको छ ।

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञेप्ती जारी गर्दै ज्यान मार्ने उदेश्यका साथ एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई आक्रमण गरेको आरोप लगाएका हुन् ।

पराजुलीले एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही गर्न प्रशासनसँग माग गरेका छन् । पराजुलीले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि एमालेलेलाई सचेत गराएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार