गठबन्धनका उम्मेदवारको पक्षमा माहोल बनाउन माधव र निधि चितवनमा

अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिचितनवको भरतपुर महानगरपालिका पुगेका छन् । निर्वाचन प्रचार प्रसार चलिरहँदा उनीहरू गठबन्धनका उम्मेदवारको पक्षमा माहोल बनाउन त्यहाँ पुगेका हुन्।

भरतपुरमा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गरेर प्रचार थालिसकेका छन्। उनले केन्द्रले उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन अस्वीकार गरेका थिए।

भरतपुरमा नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाएको छ। सत्ता गठवन्धनको भागबन्डामा माओवादी केन्द्रलाई परेका कारण कांग्रेसका स्थानीय नेताहरूले असन्तुष्टि जनाउँदै उक्त क्षेत्रमा विद्रोह गरेका थिए। गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल उम्मेदवार छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार