चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।बाघको आक्रमणबाट कुमरोज सामुदायिक वनमा बिहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका अन्दाजी ६५ वर्षीय नारायण दाहालको ज्यान गएको प्रहरीले जनाएको छ ।

दाहाललाई बाघले आक्रमण गरेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित उनको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा शव भेटिएको थियो ।

यसअघि अस्ति चितवनमै बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी रमेश चौधरी थारुको पनि ज्यान गएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार