आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ भिड्दै

काठमाण्डौ इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने ८ बजे हुनेछ । आज दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा छ ।

लखनउ ९ अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । आज दिल्ली पाँचौँ जितको खोजीमा हुनेछ । दिल्ली ८ खेलमा ८ अङ्क जोडेर छैटौँ स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार