सुनको मूल्य घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारको तुलनामा छापावाला सुन प्रतितोला २०० रुपैयाँले घट्दै आज ९९ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा २०० रुपैयाँले नै घट्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार