अशक्त महिलालाई बलात्कार गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ

गुल्मीमा एक अशक्त महिला बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । ३५ वर्षीया अशक्त महिलालाई जबरजस्ती करणी गरेको ५८ वर्षीय पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका २ का ५८ वर्षीय झुपे सार्की रहेका छन् ।

उनले ती अशक्त महिलालाई गत बिहीबार करणी गरेका थिए ।झुपेलाई जिल्ला अदालत गुल्मीबाट १० दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार