मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् एजेण्डा

मन्त्रिपरिषद्को बैठक आइतबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार