नेपाल र जिम्बावे ‘ए’ बिचको खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।नेपालले पहिलो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो ।टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।आज नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन ।

नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो ।नेपालले घरेलु मैदानमा जिम्बावेसँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार