एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ। गत फागुन १५ गते प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको सम्झौता राजपत्रमा प्रकाशित भएको हो ।

सम्झौता कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको हो । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते उक्त सम्झौता भएको थियो।

५० करोड अमेरिकी डलरको अनुदान कार्यक्रम एमसीसीबाट आएको पैसा नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउन प्रयोग हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार