मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पहिलो जित हात पारेको छ । शनिबार राती भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित दर्ता गरेको हो ।
योसँगै मुम्बईले लगातार आठ खेलमा व्यहोरेको हारको यात्रा पनि अन्त्य गरेको छ ।
शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्याे ।मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो ।राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे ।
मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान दुई विकेट लिए ।
जितसँगै मुम्बईले आठ खेलपछि पहिलो २ अंक जोडेको छ । राजस्थान ९ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ ।