बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु भएको छ । धादिङको बेनिघाट-३ शीतलबजारमा बस र स्कुटर आपसमा ठोक्किदा स्कुटर चालकको ज्यान गएको हो । मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान पौने १० बजे दाङबाट काठमाडौं आउँदै गरेको ना६ख ९२५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१० प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार