भैरहवाबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजको ‘टायर फ्ल्याट’

बुद्ध एयरको एटिआर ७२ जहाज भैरहवा विमानस्थलमा टायर फल्याट भएर धावनमार्गमा रोकिएको छ । धावनमार्गमा रोकिएको विमानका कारण अहिले त्यहाँको उडान प्रभावित भएको भैरहवा विमानस्थल स्रोतले जनाएको छ ।
जहाजको आगाडिको टायर पञ्चर भएको हो । रनवेमा स्पीड लिने क्रममा जहाजको अघिल्लो पांग्रा पड्किएको छ तर, कुनै मानवीय क्षति भने भएको छैन ।

क्याप्टेन बिज्ञान पौडेलसहितका चालक दलका सदस्यसहित ७० यात्रु बोकेर बिमान काठमाडौँ आउँदै थियो ।

समस्या आएको जहाज अहिले मर्मतको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार