७६ जिल्लाका लागि मतपत्र छापियो, ४३ वटामा ढुवानी

निर्वाचन आयोगलले भक्तपुर जिल्लासहित ६ वटा महानगरपालिकाबाहेक अन्य ७६ जिल्लाका लागि मतपत्र छपाई सम्पन्न गरिसकेको छ ।

४३ वटा जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको आयोगले जनाएको छ । आयोगका अनुसार ७६ लाख ७३ हजार मतपत्र सबन्धित जिल्लामा ढुवानीसमेत गर्न भ्याईसकेको छ ।

काठमाडौंवाट लामो दूरीमा रहेका जिल्लालाई प्राथमिकता दिएर उक्त मतपत्रहरु बिभिन्न जिल्लामा पठाउँदा मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत पुर्‍याईएको छ । ४३ जिल्लाका लागि गत १३ वैशाखदेखि नै मतपत्र छपाई सम्पन्न गरी विभिन्न जिल्लामा पठाईएको प्रवक्ता शालिग्राम तिवारीले जानकारी दिएका छन ।

हालसम्म १ करोड ८० लाख ४५ हजार मतपत्र छपाईको काम सम्पन्न गरेको आयोगले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार