नेपाल र जिम्बावे ‘ए’बीचको खेल स्थगित

नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय खेल वर्षाको कारण स्थगित भएको छ । बिहान ९:३० बजेदेखि टियु मैदानमा सुरु हुनुपर्ने खेल लगातार वर्षाको कारण स्थगित भएको हो ।

म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरिक्षण गर्दै आजको खेल स्थगित भएको जानकारी दिए । अब अर्को खेल आइतबार हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो । तर, यो सिरिजको अन्तर्राष्ट्रिय मान्यता नहुँदा अभ्यास मानिने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार