रोल्पामा माओवादी एक्लियो

रोल्पामा माओवादी एक्लीएको छ । थवाङ र सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रलाई हराउन अन्य सबै दलले मोर्चा कसेका छन् । मोर्चाबन्दी कस्दै नेपाली काँग्रेस, एमाले, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्लाको सुनछहरी र थवाङ गाउँपालिकामा अघिल्लो निर्वाचनमा पनि विप्लव नेकपाले स्वतन्त्र उम्मेदवार उठाएको थियो । त्यसबेला थवाङको एउटा वडा मात्र जितिएकोमा यसपटक सबै ठाउँमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

यस्तै,सुनछहरीमा पनि माओवादी केन्द्रका उम्मेदवार धनबहादुर पुनलाई हराउन काँग्रेस,एमाले र नेकपाले स्वतन्त्र उम्मेदवार पुष्टमन घर्तीलाई अघि सारेका छन् । ती स्थानीय तहका वडा स्तरसम्म पनि गठबन्धनले उम्मेदवारहरु तय गरेको छ ।

थवाङमा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढालाई हराउन स्वतन्त्र उम्मेदवार दरजित रोकालाई काँग्रेस,एमाले, नेकपालगायतका दलहरूले साथ दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार