काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही स्थितिमा रहे संकटमा पर्ने बताएका छन् । देशमा अब जुनसुकै दलले निर्वाचन जिते पनि मुलुक बन्न नसक्ने समेत उनले चेतावनी दिएका छन्। सत्तारुढ वा प्रमुख प्रतिपक्षी जसले चुनावमा पहिलो स्थान ल्याए पनि देशका जनता भने जस्ताकोतस्तै रहेको अध्यक्ष लिंदेनको आरोप छ।
नुवाकोटको लिखुस्थित ढिकुरेमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिंदेनले देशमा यही अवस्था रहेमा जनताको कुनै पनि परिवर्तन सम्भव नरहेको ठहर गरे। उनले ठूला दलहरुको अर्कमण्यताका कारण देश अनिर्णयको भुमरीमा फसिरहेको आरोप लगाए।
देशमा परिवर्तनको वहानामा अन्य दलले जनतामाथि शासन गरिरहेको समेत बताए। देशमा राजनीतिक परिवर्तन आए पनि जनताले त्यसको वास्तविक अनुभुति गर्न नपाएको अध्यक्ष लिंदेनको भनाइ छ।