पाल्पामा एमाले र विप्लव नेतृत्वको माओवादीबीच चुनावी तालमेल

रुपन्देही । पाल्पामा नेकपा(एमाले) र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी तालमेल भएको छ । तिनाउ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा माओवादीबाट स्वतन्त्र उम्मेदवारी दिएकाहरूले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका भुवन जिसीसहितका स्वतन्त्र उम्मेदवारहरूले एमालेलाई समर्थन गर्ने सहमति भएको छ ।एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनेका प्रेम श्रेष्ठलाई समर्थन गर्ने गरी वडा तहमा समेत उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवाहरुले उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गर्ने भएका हुन् ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तीको उपस्थितिमा दुई पक्षबिच भएको भद्र सहमतिअनुसार एमालेले तिनाउमा जित हासिल गरेको अवस्थामा समर्थनमा आएका स्वतन्त्र उम्मेदवारहरूलाई कार्यपालिका सदस्यमा मनोनयन गर्ने बताइएको छ ।

उक्त सहमतिपछि छोटो प्रतिक्रिया जनाउँदै एमालेको तर्फबाट गाउँपालिका प्रमुख पदका उम्मेदवार प्रेम श्रेष्ठले तिनाउमा एमालेको निश्चित निश्चित भएको दाबी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार