भारतमा गर्मी अत्याधिक बढ्यो, ‘लू’ को चेतावनी

भारतमा तापक्रम अत्याधिक बढेको छ । दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्य अत्यधिक गर्मीको चपेटामा परेका छन्। बिहार, पश्चिम बंगाल, छत्तिसगढ, गुजरात र महाराष्ट्रमा अझै केही दिन चर्को गर्मीको सामना गर्नुपर्ने बताइएको छ । भारतको दिल्लीमा आज ४४ डिग्री, गुजरातमा ४५ डिग्री, मध्यप्रदेशमा ४३ डिग्री, उत्तराखण्डमा ४० डिग्री तथा उत्तर प्रदेशमा ४४ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरिएको छ।

केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। तातो हावाका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतको मौसम विभागले आगामी चार–पाँच दिनमा तापक्रम थप बढ्ने चेतावनी दिएको छ। मौसम विभागले पश्चिमी राजस्थान, मध्यप्रदेश लगायतमा केही दिन लू चल्ने चेतावनी दिएको छ।

कतिपय ठाउँको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार