खराब मौसमका कारण उडान तथा अवतरण प्रभावित

६ वटा उडान डाइभर्ट

मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ ।

काठमाण्डौ उपत्यका बादलले ढाकेको छ । कतैकतै पानी परेको छ । भिजिबिलिटी कम भएकाले उडान र अवतरण प्रभावित भएको हो। तारा, बुद्ध र यतीका गरी ६ वटा उडान डाइभर्ट भएका छन् ।

ताराको लुक्ला–काठमाण्डौ जहाज रामेछापमा तथा बुद्धका चार र यतीको एउटा उडान जनकपुर डाइभर्ट भएको छ ।
काठमाण्डौमा दिउँसो केहीबेर आकाश खुले पनि फेरि मौसम बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार