सप्तरीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। हात्तीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ स्थित कैली खोला नजिक आक्रमण गर्दा सोही गाउँपालिका–६ की ५३ वर्षीय कृष्णमाया नेपालीको मृत्यु भएको हो ।
दाउरा काट्न गएकी नेपालीलाई कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गरेको गाउँलेले बताएका छन्। घाँस काट्दै गरेकी उनकी साथी भागेर ज्यान जोगाएकी र दाउरा काटिरहेकी कैली भाग्न नसक्दा हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयहरुको भनाइ छ ।
मोहनपुरस्थित सुकुम्वासी टोलमा बसोबास गर्ने सुकुम्वासी कैलीका श्रीमान्, छोरा र बुहारी छन्।