नेपाल र जिम्बावेको खेल वर्षाका कारण प्रभावित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्बावे ए बीचको पहिलो एकदिवसीय वर्षाले प्रभावित भएको छ ।टियु क्रिकेट मैदानमा जारी वर्षाको कारण खेलको टस समेत हुन सकेको छैन ।

आज नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन ।

जिम्बावे पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ ।नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो ।

नेपालले घरेलु मैदानमा जिम्बावेसँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी(ट्वान्टी सिरिज खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार