‘विप्लव’ले बास्तोला र सुदर्शनलाई गरेको कारवाही खारेज

काठमाडौं । नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले गरेको कारवाही पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले खारेज गरेका छन् । महासचिवले आफुहरुलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहनेगरी पदमुक्त गरेपछि दुवै जनाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै महासचिवको कारवाही खारेज गरेका हुन् ।

निर्वाचन आयोगमा पार्टी दर्ता गरी चुनावमा भाग नलिने र देशभक्त तथा जनपक्षीय उम्मेदवार पहिचान भएको खण्डमा समर्थन गर्न सकिने निर्णयलाई कार्यान्वयन गर्न कटिबद्ध आफुहरुमाथी यस्तो दण्डनीय कार्य गरेर स्वयम महासचिव र सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्णय विपरित कार्य गर्दै पदमा बसिरहनु हास्यस्पद भएको बताएका छन् ।

पार्टीको कविलवस्तुको शिवगढीमा सम्पन्न आठौँ केन्द्रीय समितिको १२ औं बैठकले उल्टै पार्टी महासचिव विप्लवको संसदीय व्यवस्थाअन्तर्गत चुनाव प्रयोग गर्ने कार्यनीति अस्वीकृत भएपछि महासचिव पदमा रहिरहेर नैतिकतासमेत गुमाइसकेको व्यक्तिले कारवाही गर्नु अवैधानिक भएको बताएका छन् । उनीहरुले यसलाई दार्शनिक रूपमा निषेधात्मक अधिभूतवाद भएको तर्क गरेका छन् ।

यस्तै पार्टी महासचिव विप्लवलाई पनि प्रश्न गर्दै भनेका छन्, ‘महासचिव कमरेड, चैत १४ मा सम्पन्न १२ औं बैठकको मसी नसुक्दै चैत १८ गते चितवनको केन्द्रीय प्रशिक्षणमा तपाईंले ’मैले चुनाव प्रयोगको प्रस्ताव किन ल्याएँ रु’ भन्ने प्रश्नको जबाफ दिँदै स्थानीय चुनावका सबै स्थानहरूमा उम्मेदवार दिन चाहेको, रञ्जु दर्शना मोडेलका उम्मेदवार चोकचोकबाट निकाल्न खोजेको तर इलाकास्तरीय योग्यता पनि नभएको केन्द्रीय समितिले चुनाव प्रयोगमा जान नदिएको गुनासो पोख्नुभएको होइन र रु बरु बारम्बार ’चित्त नबुझेको भए गए पनि हुन्छ’ भनी भनेको होइन र रु अनि तपाईं कसरी संयम र उदार हुनुभयो ? ’

यस्तै सचिवालय सदस्य सुदर्शनमाथी आर्थिक अपचलनको लगाएको आरोप पनि झुटो भएको बताएका छन् । उनीहरुले विज्ञप्तीमार्फत नै पार्टी जीवनको विगत सात वर्षसम्म आर्थिक जिम्मेवारीमा रहेका प्रकाण्ड र महासचिवलगायत पार्टीको आर्थिक जीवनका बारेमा स्रोत र खर्चको पारदर्शिता देखाउनसमेत चुनौती दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार