नेपालले आज जिम्बाब्वे ‘ए’ सँग एकदिवसिय खेल खेल्दै

नेपालले आज जिब्बाब्वे ‘ए’ सँगको एकदिवसिय सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल घरेलु मैदान, समर्थकको फाइदा उठाएर पछिल्लो लयलाई निरन्तरता दिँदै टेस्ट राष्ट्र जिब्बाब्वेको ‘ए’ टोलीलाई हराउने सोचमा छ । नेपाललाई सिनियर टोलीबाट खेलिसकेका ८ खेलाडी सम्मिलित जिब्बाब्वेलाई हराउन सहज भने हुने छैन ।

जिब्बाब्वे पनि नेपाललाई घरेलु समर्थकसामु स्तब्ध पार्न चाहन्छ । नेपालले तीन वर्षअघि सिंगापुरमा जिब्बाब्वेविरुद्ध खेलेको थियो । सो त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

नेपालले आइसिसी विश्वकप लिग–२ को तयारी स्वरूप जिब्बाब्वे ‘ए’ सँग तीन खेलको सिरिज खेल्न लागेको हो । अन्तर्राष्ट्रिय मान्यता नहुँदा यो सिरिजलाई अभ्यास खेल मात्र मानिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार