आईपीएल क्रिकेट : लखनउको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मालखनऊ सुपर जायन्ट्सले पञ्जाब किंग्समाथि २० रनको जित हात पारेको छ। जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनायो। पञ्जाबका जोनी बेयरस्टोले सर्वाधिक ३२ रन बनाए। उनले २८ बलमा ५ चौका प्रहार गरे। यता, कप्तान मयंक अग्रवालले १७ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए।

ऋषि धवन २२ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे। यता, लियाम लिभिङस्टोनले १८ रन जोडे।लखनऊका मोहसिन खानले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए। दुश्मन्था चामिरा र क्रुनाल पान्ड्याले २र२ विकेट लिए।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो। लखनऊका ओपनर क्विन्टन डि ककले सर्वाधिक ४६ रन बनाए। उनले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।दीपक हुडाले २८ बलमा १ चौका र २ छक्कासहित ३४ रन बनाए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार