जनकपुरधाम उपमहानगरपालिकामा १५ जनाले लिए उम्मेद्वारी फिर्ता

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा २ मेयर सहित १५ जनाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।शुक्रवार उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची रहेकोमा १५ जनाले यस अवधिमा उम्मेदवारी फिर्ता लिएको हुन् ।

प्रमुख निर्वाचन अधिकृत प्याकुरेलका अनुसार मेयरमा बैधनाथ साह र नन्दकुमार भगतले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै उपमेयरबाट विश्वनाथ साह सुडीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। यस्तै ११ जना वडाध्यक्ष पदका उम्मेदवार र एकजना वडा सदस्य पदका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार