काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार नै एमाले प्रवेश

नेकपा माओवादी केन्द्रको तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनी उम्मेद्वारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमालेका काठमाडौँ महानगरपालिकाका मेयर केशव स्थापितले पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशसँगै एक विज्ञप्ति जारी गर्दै उनले माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको आरोप लगाएका छन् ।

‘म २०४३ सालदेखि निरन्तर वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएको र वामपन्थी आन्दोलनको माध्यमबाट मात्रै मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने दृढ अठोट बोकेको व्यक्ति हुँ,’ उनले भनेका छन्’ ‘मेरो जीवनका महत्त्वपूर्ण र ऊर्जाशील समय मैले वामपन्थी आन्दोलनमै सक्रिय भएर बिताएको स्मरण गराउन चाहन्छु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार