सिन्धुलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

सिन्धुलीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सिन्धुलीको तिनपाटन गाउँपालिका–५ नक्कलेमा बागमती प्रदेश–०१–०२६ च–०४५६ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही घाइते भएका छन्। घाइतेको संख्या भने अहिलसम्म एकिन भएको छैन। घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन्।

सिन्धुली–चकमके सडकको भित्री सडक खण्डमा खाद्यान्न तथा तरकारी बोकेको बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार