कांग्रेसले कारबाही गरेका मल्ल एमालेसँग मिले

डडेलधुरा । नेपाली कांग्रेसको कारबाहीमा परेका सुदूरपश्चिमका नेता कर्णबहादुर मल्लले स्थानीय तह चुनावको प्रचारका लागि नेकपा एमालेसँग मिलेर संयुक्त कार्यालय खोलेका छन् ।नेपाली कांग्रेस वीपीको नाममा डडेलधुरामा एमालेसँग तालमेल गरेका उनले डडेल्धुराको अमरगढीमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन गरे ।

मल्लले एमालेसँग गठबन्धन गर्दै डडेलधुरामा आफ्ना उम्मेदवार उठाएपछि नेपाली कांग्रेसले उनलाई कारबाही गरिसकेको छ । तालमेल अनुसार अमरगढीको मेयरमा भट्ट र उपमेयरमा एमालेका यज्ञराज अवस्थी उठेका छन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल कांग्रेसबाट निष्कासित

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार