पोखरामा काँग्रेसका बागी विमल कार्कीको उम्मेद्वारी कायमै

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका तीन जनामध्ये एक जनाले उम्मेदवारी कायम राखेका छन् ।

बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएका छन् । भने विमल कार्कीले भने उम्मेदवारी कायम राखेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय शुक्रबार अपरान्ह ५ बजेसम्मको लागि तोकेको थियो । अहिले पोखरा महानगरपालिकाको निर्वाचन कार्यालयले दावी विरोध फिर्ता लिने समय सकिएको भन्दै मुख्य गेट बन्द गरिसकेको छ । तर ५ बजेसम्म कार्की उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतको कार्यालयमा आएका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार