एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध भएको माधव नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दावी गरेका छन् ।

शुक्रबार एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगाएतका केहि सदस्यहरुगरि झण्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दावी गरेका हुन् । एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित एको उनले दाबी गरेका छन् ।

अध्यक्ष नेपालले यस्तै बिजयी सुरुवात यसअघि राष्ट्रियसभाबाट पनि भएको भन्दै अन्य निर्वाचनमा पनि पार्टीको बिजय सुनिश्चित रहेको बताएका छन् । अध्यक्ष नेपालले निर्वाचनबाट आउन परिणामलाई स्वीकार गर्न सवै तयार हुनुपर्ने जिकिर गरे । उनले उम्मेदवार चयनका बिषयमा देखिएका बिषयमा गठबन्धनभित्र समिक्षा हुने पनि बताए ।

गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्नेमा उनले जोड दिए । उनले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परिक्षण भइसकेको पार्टी दाबी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार