जागिर लगाइदिने प्रलोभन देखाएर नौ लाख ठगी

जागिर लगाइदिने प्रलोभन देखाएर नौ लाख ठगी आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ५ घर भई ठेंचो बस्दै आएका ३३ वर्षीय विकास तामाङ र मोरङ रतुवामाई नगपालिका ९ घर भई शान्तिनगर बस्दै आएका २० वर्षीय विक्रम मिश्र रहेका छन् ।

उनीहरूले नौ लाख पचास हजार रुपैयाँ ठगी गरेको आरोप छ। प्रहरीका अनुसार उनीहरूले ५ जनालाई प्रतिव्यक्ति एक लाख ९० हजार रुपैयाँका दरले ठगी गरेका थिए।

प्रहरीले विकासलाई बिहीबार चुच्चेपाटी र तामाङलाई शुक्रबार जावलाखेलबाट पक्राउ गरेको हो। उनीहरूले भिजिट भिषामा दुबई पठाएर त्यहाँ तीन हजार दिराम पाउने जागिर लगाइदिने प्रलोभन देखाई ठगी गरेको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार